अर्घाखाँचीबाट लगातार चौथोपटक रायमाझी निर्वाचित

अर्घाखाँची, ८ मंसिर । अर्घाखाँची जिल्लाबाट प्रतिनिधिसभा सदस्यमा नेकपा (एमाले)का टोपबहादुर रायमाझी निर्वाचित भएका छन् । 

राति अबेर सम्पन्न मतगणनामा नेपाली कांग्रेसकी नेतृ पुष्पा भुसाललाई पराजित गर्दै ४२ हजार ६७५ मतका साथ रायमाझी लगातार चौथो पटक निर्वाचित भएका हुन् ।

रायमाझी विजयी हुँदा उनका निकटतम् प्रतिद्वन्दी भुसालले ४० हजार ९४५ मत प्राप्त गरिन भने राष्टिय स्वतन्त्र पार्टीका हरिप्रसाद भुसालले ३ हजार २०० मत प्राप्त गरे ।

एमालेका केन्द्रीय सचिवसमेत रहेका नेता रायमाझी यसअघि अर्घाखाँची जिल्लाबाट लगातार तीनपटक प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएका थिए । प्रतिनिघिसभा सदस्यसहित एमालेले अर्घाखाँची जिल्लामा रहेका दुवै प्रदेशसभामासमेत जित हात पारेको छ ।
 

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board