काठमाडौँ, ८ मंसिर । ललितपुर जिल्लाको निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की डा.तोसिमा कार्की विजयी भएकी छन् ।
निर्वाचन अधिकृत धर्मराज पौडेलका अनुसार उनी ३१ हजार १३६ मतसहित विजयी भएकी हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का अमृत खड्कालाई १८ हजार १६३ मतले पछि पार्दै डाक्टर तोसिमा विजयी भएकी हुन् ।
खड्काले १२ हजार नौ सय ६३ मत प्राप्त गरेका छन् । नेकपा (माओवादी केन्द्र)की पम्फा भुसालले आठ हजार ७६९ मत प्राप्त गरेकी छन् ।
प्रतिक्रिया