गोरखाको ६ वटै सिट गठबन्धनलाई

पोखरा, ८ मंसिर । गोरखाका २ प्रतिनिधिसभा सदस्य र ४ प्रदेशसभा सदस्य सिट गठबन्धनले जितेको छ ।

प्रतिनिधिसभातर्फ गोरखा १ मा कांग्रेसका राजेन्द्र बजगाईं विजयी भए । बजगाईँले एमालेका रामशरण बस्नेतलाई १६ हजार ६४३ मत अन्तरले हराएका हुन् । बजगाईँले ३३ हजार ४२८ मत पाउँदा बस्नेतले १६ हजार ७८५ मत पाए । 

गोरखा २ मा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विजयी भएका छन् । उनले राष्ट्रिय स्वतन्त्र पार्टीका कविन्द्र बुर्लाकोटीलाई १३ हजार ४६५ मत अन्तरले हराएका हुन् । प्रचण्डले २६ हजार १०१ मत ल्याए भने रास्वपाका बुर्लाकोटीले १२ हजार ६३६ मत पाए । एमालेका अब्दुस मियाँ ७ हजार ३९२ मत पाएका छन् । 

प्रदेशसभातर्फ गोरखा १ (क) मा माओवादीका कृष्ण धिताल विजयी हुँदा एमालेका सुरेन्द्र थापा पराजित भए । प्रदेश सभा १ (ख) मा कांग्रेसका नन्द प्रसाद न्यौपानेले एमालेका मोहन भट्टराईलाई हराए ।

क्षेत्र नम्बर २ (क) मा नेपाल समाजवादी पार्टीका फडिन्द्र देवकोटाले एमालेकै राजु रानालाई हराउँदा २ (ख) मा कांग्रेसका सुरेन्द्रराज पाण्डेले एमालेका बसन्त गुरुङलाई पराजित गरे । 
 

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board