संसद्‌मा प्रेम आलेको ह्याट्रिक

धनगढी, ८ मंसिर । नेकपा (एकीकृत समाजवादी) का पोलिटब्यूरो सदस्य प्रेमबहादुर आलेले संसद्‌मा तेस्रो ह्याट्रिक गरेका छन् । 

०७० र ०७४ मा एमालेबाट विजयी बनेका उनी यस पटक एकीकृत समाजवादीबाट सांसदमा निर्वाचित भएका हुन् ।

प्रतिनिधिसभाको एक मात्र क्षेत्र रहेको डोटीबाट आले ४ हजार २०६ मतान्तरसहित विजयी भएका हुन् । आले २७ हजार २१० मतसहित विजयी हुँदा उनका निकटतम् प्रतिस्पर्धी एमालेका गौरीकुमारी वलीले २३ हजार ४ मत प्राप्त गरिन् ।

कांग्रेसका बागी नरेन्द्रबहादुर खड्काले ६ हजार ६ सय ८९ मत प्राप्त गरे । 

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति