गोरखा–२ मा प्रचण्ड विजयी

काठमाडौँ, ८ मंसिर । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रतिनिधिसभा सदस्यमा गोरखा क्षेत्र नम्बर २ बाट विजयी भएका छन्  । 

प्रचण्ड २६ हजार १ सय ३ मतसहित दाहाल विजयी बनेका हुन् । उनका निकटतम् प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका कवीन्द्र बुर्लाकोटीले १२ हजार ६३७ मत पाए । एमालेका अब्दुस मिँयाले भने ७ हजार ३९३ मत प्राप्त गरे । 

गोरखा–२ मा ५४ हजार ३१ मत खसेकामा ५० हजार ९ सय ७ सदर भएको थियो । प्रचण्ड चौथो पटक सांसद बनेका हुन् ।

०६४ मा रोल्पा र काठमाडौँ १० बाट विजयी भएका उनी ०७० मा सिरहा ५ बाट विजयी भएका थिए । ०७४ मा चितवनबाट निर्वाचित भएका प्रचण्ड यसपटक गोरखा २ बाट विजयी भएका हुन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति