रुपन्देहीको ३ (१) बाट गठबन्धनबाट लोसपाका पाण्डे विजयी

भैरहवा, ८ मंसिर । रुपन्देहीमो क्षेत्र नम्बर ३ प्रदेश सभा सदस्य (१) मा लोकतान्त्रिक समाजवादी पार्टीका सन्तोषकुमार पाण्डे विजयी भएका छन् । 

गठबन्धनबाट उम्मेदवार बनेका पाण्डे १४ हजार ९२८ मत ल्याई विजयी भएका हुन् । उनका प्रतिष्पर्धी जनता समाजवादी पार्टीका महेन्द्र यादवले १० हजार ७९८ मत ल्याएका छन् । पाण्डे ४ हजार १३० मतान्तरले विजयी भएको मूख्य निर्वाचन अधिकृत कृष्णराम कोइरालाले बताए ।

पाण्डे दोस्रो पटक प्रदेश सदस्यमा निर्वाचित भएका हुन् ।
 

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board