आमनिर्वाचन : हालसम्म ६५ ठाउँको नतिजा आयो, कसले कहाँ जिते ? (सूचीसहित)

काठमाडौँ, ८ मंसिर । प्रतिनिधिसभाको जारी मतगणनामा बिहीबार मध्यरातसम्म ६५ सिटको अन्तिम परिणाम सार्वजनिक भएको छ ।

सार्वजनिक भएको मतपरिणाअनुसार अहिलेसम्म सबभन्दा धेरै सिट नेपाली कांग्रेसले जितेको छ । कांग्रेसले २५ सिट जित्दा नेकपा (एमाले)ले १५ स्थानमा जितेर दोस्रो स्थानमा छ ।

नेकपा (माओवादी केन्द्र)ले सात स्थानमा जित हात पारेको छ भने नेकपा (एकीकृत समाजवादी)ले ६ र राष्ट्रिय स्वतन्त्र पार्टीले ४ क्षेत्रमा जित हासिल गरेको छ ।

त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीले २ सिट र नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले एक–एक ठाउँमा जित निकालेका छन् । यसबाहेक एक स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।

कसले कहाँ जिते, हेर्नुस् सूची :

नेपाली कांग्रेस
डडेल्धुरा– शेरबहादुर देउवा
काठमाडौँ–१ प्रकशमान सिंह
काठमाडौँ–३ सन्तोष चालिसे
काठमाडौँँ–४ गगनकुमार थापा
काठमाडौँ–५ प्रदीप पौडेल
काठमाडौँ–१० राजन केसी
मनाङ– टेकबहादु गुरूङ
मुस्ताङ– योगेश गौचन थकाली
तनहुँ–२ शंकर भण्डारी
सुर्खेत–२ हृदयराम थानी
रसुवा– मोहन आचार्य
ललितपुर–१ उदयशमशेर राणा
पर्सा–२ अजयकुमार चौरसिया
पर्सा–४ रमेश रिजाल
ओखलढुंगा– रामहरि खतिवडा
झापा–१ विश्वप्रकाश शर्मा
अछाम–२ पुष्प शाह
कञ्चनपुर–२ एनपी साउद
कञ्चनपुर–३ रमेश लेखक
दार्चुला– दिलेन्द्रप्रसाद बडु
कैलाली–४ वीरबहादुर बलायर
गोरखा–१ राजेन्द्र बजगाईं
म्याग्दी– खमबहादुर गर्बुजा
भक्तपुर–२ दुर्लभ थापा
दैलेख–२ दिक्पालकुमार शाही

नेकपा (एमाले)
काठमाडौँ–९ कृष्णगोपाल रुेष्ठ
ललितपुर–२ प्रेमलाल महर्जन
उदयपुर–२ अम्बरबहादुर रायमाझी
गुल्मी–२ गोकर्ण विष्ट
ताप्लेजुङ– योगेश भट्टराई
झापा–२ देवराज घिमिरे
झापा–५ खड्गप्रसाद शर्मा ओली
पर्सा–३ राजकुमार गुप्ता
अर्घाखाँची– टोपबहादुर रायमाझी
प्युठान– सूर्य थापा
लमजुङ– पृथ्बीसुब्बा गुरूङ
मकवानपुर–२ महेशकुमार बर्तौला
कास्की–२ विद्या भट्टराई
रूपन्देही–५ वासुदेव घिमिरे
पर्वत– पदम गिरि

नेकपा (माओवादी केन्द्र)
सिन्धुली–२ लेखनाथ दाहाल
रूकुम पूर्व– पूर्णबहादुर घर्ती
बागलुङ–२ देवेन्द्र पौडेल
सिन्धुपाल्चोक–१ माधव सापकोटा
रोल्पा–वर्षमान पुन
जाजरकोट– शक्तिबहादुर बस्नेत
गोरखा–२ पुष्पकमल दाहाल ‘प्रचण्ड’

नेकपा (एकीकृत समाजवादी)
अछाम–१ शेरबहादुर कुँवर
बारा–४ कृष्णकुमार श्रेष्ठ (किसान)
बझाङ– भानुभक्त जोशी
डोटी– प्रेम आले
दैलेख–१ अम्मरबहादुर थापा
सल्यान– प्रकाश ज्वाला

राष्ट्रिय स्वतन्त्र पार्टी
काठमाडौँ–८ विराजभक्त श्रेष्ठ
काठमाडौँ–७ गणेश पराजुली
काठमाडौँ–६ शिशिर खनाल

राष्ट्रिय प्रजातन्त्र पार्टी
बाँके–२ धवलशमशेर राणा
जुम्ला– ज्ञानेन्द्र शाही

नागरिक उन्मुक्ति पार्टी
कैलाली–३ गंगाराम चौधरी

जनमत पार्टी
सप्तरी–२ सिके राउत

जनता समाजवादी पार्टी
पर्सा–१ प्रदीप यादव

लोकतान्त्रिक समाजवादी पार्टी
रूपन्देही–४ सवेन्द्रनाथ शुक्ला

राष्ट्रिय जनमोर्चा
बागलुङ–१ चित्रबहादुर केसी

स्वतन्त्र
बर्दिया–२ लालवीर चौधरी

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति