रुपन्देही ४ बाट लोसपाका सर्वेन्द्रनाथ शुक्ला विजयी

बुटवल । रुपन्देही क्षेत्र नम्बर ४ मा लोकतान्त्रिक समाजवादी पार्टीका सर्वेन्द्रनाथ शुक्ला विजयी भएका छन्।

प्रतिस्प्रर्धी कांग्रेसका प्रमोद यादवलाई ५ हजार बढिको मतान्तरले पराजित गर्दै शुक्लाले तेस्रो पटक संसदको यात्रा तय गरेका हुन्। शुक्लाले २८ हजार मत पाउँदा यादवले २२ हजार ७०४ मत ल्याएका हुन्।

०७४ सालमा उनै शुक्लालाई फराकिलो अन्तरले पराजित गरेका यादव अहिले पराजित भएका हुन्। जनमत पार्टीका भोपेन्द्रप्रसाद यादव १५हजार ५२६ मत ल्याए।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति