एमाले अध्यक्ष ओली ५१ हजार मतका साथ विजयी

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भारी मतान्तरसहित विजयी भएका छन् ।

झापा ५ बाट ओली ५१ हजार ६१९ मतका साथ विजयी भएका हुन् ।

ओलीका प्रतिद्वन्द्वी गठबन्धनका खगेन्द्र पाण्डव अधिकारीले २३ हजार २३१ मत ल्याएको निर्वाचन अधिकृतको कार्यललयले जनाएको छ ।

यो क्षेत्रमा १ लाख ५४ हजार २८९ मतदाता थिए । ६६.२० प्रतिशत मत खसेको हो ।

अध्यक्ष ओली २०४८,२०५१, २०५६, २०७०, २०७४ र अहिले २०७९ मा यसै क्षेबाट बिजयी भएका थिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति