लमजुङ ७ मंसिर । नेकपा (एमाले) उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र नेकपा (माओवादी केन्द्र)का महासचिव देवप्रसाद गुरुङबीचको मतान्तर घटेको छ ।
क्व्होलासोंथर, दुधपोखरी र दोर्दी गाउँपालिका, मध्यनेपाल, राइनास र सुन्दरबजार नगरपालिकाको मतगणना सकिँदा देवभन्दा पृथ्वीसुब्बा ३०८ मतले अगाडि छन् ।
पृथ्वीसुब्बाले २२ हजार ४३८ र देवप्रसादले २२ हजार १३० मत पाएका छन् ।
कुल ८० हजार ९१७ मत खसेकोमा ५३ हजार ५१२ मत गणना भइसकेको जिल्ला निर्वाचन अधिकारी नारायणप्रसाद सापकोटाले बताए ।
प्रतिक्रिया