घण्टीसँग मिलेर गगन थापाले गठबन्धनलाई हराएको दीपशिखाको आरोप

काठमाडौं । माओवादी नेता राम प्रसाद सापकोटा ‘दीपशिखा’ले गगन थापाले घण्टीसँग मिलेर गबन्धनलाई हराएको आरोप लगाएका छन्।

निर्वाचन परिणाम सार्वजनिक हुँदै गर्दा माओवादीले अधिकांस ठाउँमा पछाडी परेसंगै सामाजिक सञ्जालमा दीपशिखाले आरोप लगाएका हुन्।

‘नेपाली कांग्रेसका नेता मित्र गगन थापाले खगेन्द्र संग्रौलामाथि लेखिएको उज्जवल प्रसाईको पुस्तक विमोचनमा भनेका थिए– म कालो कांग्रेस हुँ,’ उनले फेसबुकमा लेखेका छन्,‘हो रहेछ, तपाई र तपाइँको टिमले घण्टीसँगको साझेदारीमा हामी गठबन्धनका सहयात्रीलाई मज्जाले हराउनुभयो।’

उनले जनमतको उच्च कदर गर्दै परिणामलाई भने सहर्ष स्वीकार गर्ने उल्लेख गरेका छन्।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति