झापा, ७ मंसिर । झापा क्षेत्र नम्बर ५ मा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले १८ हजार ११२ मतको अग्रता कायम गरेका छन् ।
कुल ७१ हजार ४०१ मतगणना हुँदा ओलीले ३६ हजार ५२८ मत पाएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी सत्तरूढ गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार खगेन्द्र अधिकारीले १८ हजार ४१६ मत ल्याएका छन् ।
प्रतिक्रिया