कास्की, ७ मंसिर । कास्कीको निर्वाचन क्षेत्र नम्बर १ मा नेकपा (एमाले)को अग्रता कायमै छ । क्षेत्रमा कुल ६८ हजार छ सय ३२ मत खसेकामा हालसम्म १९ हजार पाँच सय ६९ मतगणना गर्दा आठ सय २९ मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
कास्की क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्यका लागि एमालेका मनबहादुर गुरुङ आठ हजार २६५ मत प्राप्त गर्दै अघि छन् भने उनलाई नेपाली कांग्रेसका किशोरदत्त बरालले सात हजार ११६ मतसहित पछ्याउनुभएको छ । त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका राजु राईले दुई हजार दुई सय ११ मत ल्याएका छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टीका सूर्यबहादुर गुरुङले ८३६ मत ल्याएका छन् ।
COMMENTS