गण्डकीमा गणना सकिएका १४ क्षेत्रमा को–को विजयी भए ?

पोखरा, ७ मंसिर । गण्डकी प्रदेश सभाका ३६ निर्वाचन क्षेत्र मध्ये हालसम्म १४ निर्वाचन क्षेत्रको टुंगो लागेको छ । अहिलेसम्मको नतिजा अनुसार कांग्रेस पहिलो, एमाले दोश्रो र माओवादी तेश्रो भएका छन् । कांग्रेसले हालसम्म १० सिट चुनाव जितेको छ भने एमालेले २ सिट तथा माओवादीले १ सिट र बाँकी अर्को सिट स्वतन्त्रले जितेका छन् । 

कांग्रेसले बागलुङका ४ वटै निर्वाचन क्षेत्र, मुस्ताङका दुईवटै निर्वाचन क्षेत्र, गोरखाका २ वटा, तनहुँ र मनाङका १–१ क्षेत्रमा जित निकालेको छ । एमालेले कास्कीको एउटा र तनहुँको एउटा क्षेत्र जितेको छ । माओवादीले म्याग्दी र स्वतन्त्रले मनाङमा चुनाव जिते । 

गोरखा क्षेत्र नम्बर १ (ख) मा कांग्रेसका नन्द्र प्रसाद न्यौपाने, २ (ख) मा सुरेन्द्रराज पाण्डे विजयी भएका छन् । यस्तै, बागलुङ १ (क) मा दीपेन्द्रबहादुर थापा, १ (ख) मा डिल्लीराम सुवेदी, २ (क) मा जीत शेरचन र २ (ख) मा दोर्णकुमार कुवँर विजयी भएका छन् । मनाङ ९क० मा मुनिन्द्रजंग गुरुङले चुनाव जित्दा मुस्ताङ (क) मा नम्डु गुरुङ र (ख) मा विकल शेरचनले जिते । यस्तै, तनहुँ २ (ख) मा कांग्रेसकै जित प्रकाश आलेले चुनाव जिते । 

एमालेले तनहुँ २ (क) बाट श्यामराजा महत तथा कास्की २ (क) बाट भीम कार्कीले जितेका छन् । माओवादीका रेशम जुग्जालीले म्याग्दी (ख) बाट निर्वाचन जिते भने मनाङको (ख) बाट स्वतन्त्र उम्मेदवारी दिएका राजीव गुरुङ उर्फ दीपक मनाङे सर्वसम्मत निर्वाचित भएका हुन् । अब गण्डकीमा २२ सिटको नतिजा आउन बाँकी छ । 

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board