काठमाडौँ–१० मा कांग्रेसका राजेन्द्र केसी विजयी

काठमाडौँ, ७ मंसिर । नेपाली कांग्रेसका राजेन्द्र केसी (राजन) काठमाडौँ–१० बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । 

राजन १४ हजार ४५८ मतसहित सांसदमा निर्वाचित भएका हुन् । उनका निकटतम् प्रतिस्पर्धी एमालेका हिमेस केसीले ११ हजार ७८६ मत पाए ।

राष्ट्रिय स्वतन्त्र पार्टीका बलराम थापाले ६ हजार २ सय ७७ र माओवादी केन्द्रका अञ्जना विशंखेले ४ हजार २ सय ६० मत प्राप्त गरेका छन् ।

उनी यसअघि भएका लगातार दुई निर्वाचनमा पनि विजयी भएका थिए । केसीले ०७० को संविधानसभा निर्वाचनमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई हराएका थिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति