बाँकेमा राप्रपाका धवलशम्शेर विजयी

नेपालगञ्ज, ७ मंसिर । बाँके–२ मा राप्रपाका महामन्त्री डा.धवलशम्शेर राणा विजयी भएका छन् । एमाले–राप्रपा गठबन्धनबाट विजयी भएका राणाले २९ हजार ५७७ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

उनका निकटतम् प्रतिद्वन्द्वी मोहम्मद इस्तियाक राईले २३ हजार पाँच सय २० मत प्राप्त गरेर दोस्रो स्थान हासिल गरेका छन् । नेपाली कांग्रेसका सुदीपनरसिंह राणा चार हजार ४०३ मत ल्याएर तेस्रो भएका छन् । नेपालगञ्ज उपमहानगरपालिकाको दुईपटक प्रमुख भएका राणालाई साझा उम्मेदवारका रूपमा हेरिएको थियो । क्षेत्र नम्बर २ मा ९७ हजार आठ सय तीन मतदाता रहेका थिए ।

बाँके क्षेत्र नम्बर २ (१) बाट जसपाका भण्डारीलाल यादव विजयी भएका छन् । जनता समाजवादी पार्टी (जसपा) नेपालका यादवले निकटतम् प्रतिद्वन्द्वी नेकपा (एमाले–राप्रपा) गठबन्धनतर्फका एमालेका विजयबहादुर यादवलाई हराउँदै विजयी भएका हुन् । उनी दुई हजार दुई सय मतान्तरले विजयी भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

जसपाका यादवले कुल ११ हजार पाँच सय चार मत प्राप्त गरेका छन् । दोस्रो स्थानमा रहेका एमालेका विजयबहादुर यादवले नौ हजार ३५८ मत पाउँदा नेपाली कांग्रेसका राजकुमार कुर्मीले आठ हजार ७३१ मत पाएका छन् । बाँके २ (१)मा ३५ हजार ८६८ मत खसेको थियो । त्यसमा ३३ हजार ४८५ मत सदर भएको थियो भने दुई हजार तीन सय ८३ मत बदर भएको थियो ।

बाँके २ (२) बाट जसपाका आदेशकुमार अग्रवाल आठ हजार दुई सय ४६ मत पाएर विजयी भएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका निरक गुरुङले छ हजार सात सय नौ मत पाउँदा कांग्रेसका सुरेन्द्रबहादुर हमालले छ हजार दुई सय ४६ मत पाएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति