अछाम–१ एकीकृत समाजवादीका कुँवर विजयी

अछाम, ७ मंसिर । अछाम क्षेत्र नम्बर १ मा नेकपा (एकीकृत समाजवादी)का शेरबहादुर कुँवर विजयी भएका छन् । उनी एकीकृत समाजवादीका केन्द्रीय सदस्य एवम् श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीसमेत हुन् ।

कुँवर ४ हजार ४८९ मतान्तरले विजयी भएका हुन् । उनले १९ हजार ५३४ मत ल्याउँदा नेकपा (एमाले)का झपट बोहराले १५ हजार ४५ मत ल्याए ।

अघिल्लो पटक यो क्षेत्रबाट एमाले नेता डा.भीम रावल विजयी भएका थिए ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board