सिन्धुलीमा गठबन्धन दलहरुकै पल्लाभारी

सिन्धुली, ७ मंसिर । सिन्धुली जिल्लाका दुई वटै संघ र चार वटै प्रदेशसभा निर्वाचनमा गठबन्धन दलकै पल्ला भारी हुने देखिएको छ ।

हालसम्म प्राप्त मतपरिणाम अनुसार गठबन्धन दलकै उमेदवारहरु अग्रपंक्तिमा रहेका छन् । सिन्धुली क्षेत्र नम्बर २ का दुईवटै प्रदेशसभा निर्वाचनमा गठवन्धन दलका उमेदवारहरु विजयी भएका छन् । प्रदेशसभा सदस्य निर्वाचनमा क्षेत्र नम्बर २ (क) बाट नेपाली कांग्रेसका क्षेत्रबहादुर बम्जन विजयी भएका छन् भने यसै क्षेत्रको प्रदेशसभा (ख) मा जसपाका गंगानारायण श्रेष्ठ विजयी भएका छन् । श्रेष्ठ माओवादीको चुनाव चिन्हबाट निर्वाचन लडेका थिए ।

बम्जनले आफ्नो निकटतम् प्रतिस्पर्धी नेकपा (एमाले)का विनोद कुमार खड्कालाई पाँच हजार २०३ मतान्तारले पछि पार्दै विजयी भए । बम्जनले १६ हजार ८३५ मत प्राप्त गरे भने एमालेका खड्काले ११ हजार ६३३ मत प्राप्त गरेका छन् ।

सिन्धुली क्षेत्र नम्बर २ (२) मा नेकपा (माओवादी केन्द्र)का गंगानारायण श्रेष्ठ विजयी भएका छन् । श्रेष्ठ १३ हजार १ मतसहित विजयी भएका हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका रामकुमार पौडेलले ९ हजार ७८९ मत प्राप्त गरेका छन् ।

यस प्रदेशमा ४४ हजार ७१० मतदाता रहेकोमा २४ हजार ५५४ मत खसेको थियो ।

सिन्धुलीमा गठबन्धनका उम्मेदवारहरु अगाडि रहेको छ । प्रतिनिधिसभा क्षेत्र नम्बर २ का माओवादी केन्द्रका पोलिटब्युरो सदस्य राजन दाहाल ३ हजारभन्दा बढी मतले अग्रस्थानमा रहेका छन् ।

त्यस्तै, प्रतिनिधिसभा क्षेत्र नम्बर १ का नेपाली कांग्रसका केन्द्रीय सदस्य श्याम घिमिरले २ हजार भन्दाबढी मगले अग्रगता कायम गरिरहेका छन् । प्रदेशसभा क्षेत्र नम्बर १ (१) का मातृका पहाडी करिब २ हजार मत अन्तर रहेको छ भने क्षेत्र नम्बर १ (२) का रामकुमार पहाडी ८१ मत अन्तरसहित अगाडि रहेका छन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board