प्रधानमन्त्री देउवा दोब्बर मतले अगाडि

डडेल्धुरा, ७ मंसिर । डडेल्धुरा जिल्लाको प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना कार्य जारी छ । हालसम्म ३२ हजार सात सय मत गणना हुँदा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १६ हजार ११८ मत प्राप्त गरेका छन् ।

उनी सुरूवाती चरणबाट नै अग्रस्थानमा छन् । प्रधानमन्त्री देउवालाई स्वतन्त्र उमेदवार सागर ढकालले आठ हजार ६०० मतसहित पछ्याइरहेका छन् ।

अब १८ हजार नौ सय ६० मत गणना हुन बाँकी रहँदा नेपाली कांग्रेस बिपीका कर्णबहादुर मल्लले चार हजार ७०१ मत ल्याएर तेस्रो स्थानमा रहेको मुख्य निर्वाचन अधिकृत बालकृष्ण वाग्लेले जानकारी दिए । दुई हजार ७२ मत बदर भएको छ ।

प्रतिनिधिसभा सदस्यको मतगणना सकिएपश्चात प्रदेशसभा सदस्यको मतगणना गरिने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board