ढोरपाटन, ६ मंसिर । बागलुङ निर्वाचन क्षेत्र नम्बर २ प्रदेशसभा २ मा नेपाली कांग्रेसका दोर्णकुमार कुँवर विजयी भएका छन् । कुँवरले नेकपा (एमाले)का लक्ष्मण पुनलाई तीन हजार तीन सय ३७ मतान्तरले पराजित गरे । कुँवरले १२ हजार चार सय आठ मत ल्याउँदा पुनले आठ हजार छ हजार ७१ मत प्राप्त गरे ।
नेपाल दलित पार्टीका टेकप्रसाद कामीले दुई सय ६४, मंगोल नेसनल अर्गनाइजेसनका ताराबहादुर घर्तीमगरले दुई सय ३१, जनता समाजवादी पार्टीका गंगाबहादुर घर्तीले ३६, स्वतन्त्र उम्मेदवार नरबहादुर गुरुङले तीन सय ३६ र दुर्गादेवी घर्तीमगरले चार मत प्राप्त गरेका छन् ।
निसीखोला, तमानखोला गाउँपालिका र ढोरपाटन नगरपालिका पर्ने यस क्षेत्रमा ४१ हजार दुई सय २७ मतदाता रहेकामा २३ हजार ३३८ मत खसेको थियो ।
प्रतिक्रिया