दाङ–२ मा रेखा शर्मा १८०९ मतले अघि

दाङ, ६ मंसिर । दाङ क्षेत्र नम्बर २ मा नेकपा (माओवादी केन्द्र)की रेखा शर्माले १८०९ मतान्तरसहित अग्रता कायम गरेकी छन् ।

प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको जारी मतगणनामा ८ हजार ६१६ मत ल्याएकी छन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले ६ हजार ८०७ मत प्राप्त गरेका छन् ।

हाल यस क्षेत्रमा कुल २० हजार ६७८ मतगणना भएको छ । कुल १ लाख ३३ हजार सात सय ४८ मतदाता रहेकामा ७९ हजार ४४६ मत खसेको निर्वाचन आयोगले जनाएको छ । 

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति