सत्ता गठबन्धनका खतिवडालाई हराउँदै एमालेका रायमाझी विजयी

गाइघाट । नेकपा एसका उपमहासचिव जगन्नाथ खतिवडालाई पराजित गर्दै नेकपा एमालेका अम्बरबहादुर रायमाझी उदयपुर २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएका छन् ।

रायमाझीले १५ हजार २५१ मत ल्याएर निर्वाचित हुँदा उहाँका निकटतम् प्रतिस्पर्धी सत्ता गठबन्धनको समर्थन पाएका उम्मेदवार एकीकृत समाजवादीका उपमहासचिव खतिवडाले १२ हजार ८९३ मत ल्याएका छन् । त्यसैगरी स्वतन्त्र उम्मेदवार रामकुमार राई १० हजार ३७९ मत ल्याउँदै तेस्रो भए ।

चार गाउँपालिका र १ नगरपालिकासहित ५ स्थानीय तह रहेको यस क्षेत्रमा रायमाझीले पहिलो पटकको चुनावी अनुभवमै जित निकालेका हुन् ।

स्थानीय तहको निर्वाचनमा वडाध्यक्षले पाएको मतको आधारमा सत्ता गठबन्धन बलियो देखिएको यस क्षेत्रमा नेपाली कांग्रेसका रामकुमार राईले बागी उम्मेदवारी दिएका थिए ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • सूचभा तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2022 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board