यी क्षेत्रमा अझै मतगणना हुन सकेन, यस्तो छ कारण

काठमाडौं । निर्वाचन आयोगले बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही प्रतिनिधिसभातर्फको निर्वाचन क्षेत्रमा मतगणना सुरु हुन नसकेको जनाएको छ ।

आयोगका अनुसार मतपेटिका संकलन तथा पुनः मतदान हुन नसकेका लगायतका कारणले मतगणना हुन नसकेको हो ।

दोलखा र स्यांजा २ मा मतपेटिका संकलन सकिएको छ भने गुल्मीमा एक स्थानको पुनःमतदान सकिएसँगै आजै राति १० बजेदेखि मतगणना सुरु गर्ने तयारी भएको छ ।

यस्तै डोटी, मुगु, हुम्ला र बाजुरामा पनि मतपेटिका संकलन भइरहेको छ भने सुर्खेत १ मा पुनः मतदान सम्पन्न भएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति