चितवन २ मा रवि लामिछानेलाई १७ सयभन्दा बढी मतको अग्रता

चितवन, ६ मंसिर । चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले १७  सयभन्दा बढी मतले अग्रता लिएका छन् । 

नेकपा (एमाले)का उम्मेदवार कृष्णभक्त पोखरेललाई पछि पार्दै लामिछानेले एक हजार ७६४ मतले अग्रता लिएका हुन् । यो क्षेत्रको १६ हजार २२० मत गणना गर्दा लामिछानेले ६ हजार ४०१ मत पाएका छन् ।

पोखरेलको ४ हजार ६३७ मत रहेको छ । यस्तै, सत्ता गठबन्धनका उम्मेदवार उमेश श्रेष्ठ ४ हजार १६५ मतका साथ तेस्रो स्थानमा रहेका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति