झापा ३ मा लिङ्देनको अग्रता कायमै

झापा, ६ मंसिर । झापा क्षेत्र नम्बर ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीको अग्रता कायमै राखेको छ । १३ हजार ८५२ मत गणना हुँदा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार पार्टी राजेन्द्र लिङ्देन सात हजार ४० मतका साथ अग्रस्थानमा छन् ।

लोकतान्त्रिक–वाम गठबन्धनका उम्मेदवार नेपाली कांग्रेस नेता कृष्णप्रसाद सिटौला पाँच हजार २२६ मतका साथ दोस्रो स्थानमा छन् ।

झापा ३ को प्रदेशसभा १ र २ दुवै प्रदेशमा एमालेका उम्मेदवारले अग्रता कायम गरेका छन् ।

प्रदेशसभा १ मा एमालेका बसन्त बानियाँ सात हजार ३५८ मतका साथ अग्रस्थानमा छन् भने लोकतान्त्रिक–वाम गठबन्धनका भूमिप्रसाद राजवंशी सात हजार २७५ मतका साथ दोस्रो स्थानमा छन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board