झापा ५ मा एमाले अध्यक्ष ओली ७१६१ मतले अगाडि

झापा, ६ मंसिर । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले झापा निर्वाचन क्षेत्र नम्बर ५ बाट अग्रता कायम राखेका छन् । मतगणनाको सुरुवातदेखि नै उनी अग्रस्थानमा छन् ।

अध्यक्ष ओलीले १७ हजार ४६८ मत प्राप्त गरेका छन् भने गठबन्धनबाट नेपाली कांग्रेसका खगेन्द्र अधिकारीले १० हजार ३०७ मत प्राप्त गरेका छन् ।

यसैगरी झापा ५ कै प्रदेशसभामा एमाले उम्मेदवारले अग्रता कायम गरेका छन् । झापा–५ (क) मा एमालेका हिक्मतकुमार कार्कीले अग्रता कायम गरेका छन् । प्रारम्भिक परिणामअनुसार उनले ९८१ मत प्राप्त गरेका छन् । यस्तै, गठबन्धनबाट नेपाली कांग्रेसका जीवनकुमार राईले ६३२ मत प्राप्त गरेका छन् ।

झापा–५ (ख) मा एमालेका होमबहादुर थापा एक हजार २३४ मतसहित अगाडि छन् भने गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)का उम्मेदवार रेवतराज पुरीले ७४८ मत प्राप्त गरेका छन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board