रुपन्देही २ मा विष्णु पौडेल ६५ मतले मात्रै पछाडि

बुटवल, ६ मंसिर । रुपन्देही क्षेत्र नम्बर २ मा एमालेका विष्णु पौडेल ६५ मतले मात्र पछि परेका छन् । करिब पाँच सय मतले पछाडि परेका पौडेलले मतान्तर घटाउँदै ६५ मा झारेका हुन् ।

पछिल्लो विवरणअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेलले चार हजार एक सय ३४ मत ल्याउँदा एमाले उपाध्यक्ष समेत रहेका पौडेलले चार हजार ६९ मत ल्याएका छन् । यहाँ अहिलेसम्म १२ हजार तीन सय मत मात्र गणना भएको छ । रुपन्देही २ मा ८१ हजार दुई सय दुई मत खसेको थियो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति