एमालेको दोस्रो जित, काठमाडौँ ९ बाट कृष्णगोपाल विजयी

काठमाडौँ, ६ मंसिर । नेकपा (एमाले)ले प्रतिनिधिसभा सदस्यमा दोस्रो जित निकालेको छ । काठमाडौँ क्षेत्र नम्बर ९ बाट एमाले उम्मेदवार कृष्णगोपाल श्रेष्ठ विजयी भएका छन् ।

उनी १० हजार २० मतसहित विजयी भएका हुन् । योसँगै एमालेले प्रतिनिधिसभातर्फ २ सिटमा जित निकालेको छ ।

२०७४ को निर्वाचनमा पनि श्रेष्ठ यही क्षेत्रबाट निर्वाचित भएका थिए ।

उनका प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका टेकबहादुर पोखरेलले ८ हजार ७२५ मत प्राप्त गरे भने सत्ता गठबन्धनकी उम्मेदवार कल्पना धमलाले ५ हजार २७९ मत प्राप्त गरेकी छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति