लमजुङमा पृथ्वीसुब्बा १ हजार ९ सय मतले अघि

लमजुङ ६ मंसिर । लमजुङमा नेकपा एमालेका उम्मेदवार पृथ्वीसुब्बा गुरुङले अग्रता कायम गरेका छन् ।

पछिल्लो मतपरिणामअनुसार गुरुङले नौ हजार एक सय नौ मत प्राप्त गरेका छन् भने नेकपा माओवादी केन्द्रका उम्मेदवार देव गुरुङले सात हजार दुई सय मत प्राप्त गरेका छन् ।

देव गुरुङभन्दा पृथ्वीसुब्बा गुरुङ एक हजार नौ सय नौ मतले अगाडि छन् । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार धर्मराज केसीले सात सय ७१ मत प्राप्त गरेका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति