समानुपातिकमा एमालेलाई अग्रता, दोस्रोमा कांग्रेस

काठमाडौं, ६ मंसिर । प्रतिनिधि सभाको समानुपातिकतर्फको मतगणनामा नेकपा एमालेले अग्रता कायम गरेको छ ।

निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार एमालेले समानुपातिकतर्फ ६१ हजार १६१ मत पाएको छ । दोस्रो स्थानमा रहेको कांग्रेसले ५४ हजार १२५ मत ल्याएको छ । 

राष्ट्रिय स्वतन्त्र पार्टी २७ हजार १६० मतसहित तेस्रो स्थानमा छ भने माओवादी केन्द्रले २३ हजार ९८९ मत पाएको छ  । राप्रपाको १३ हजार ३४०, जनमत पार्टीको ४ हजार ५२४ र जसपाको ४ हजार ३०५ मत छ । 
 

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति