गुल्मीको अर्बेनीमा पुनः मतदान सुरु

गुल्मी, ६ मंसिर । गुल्मीको क्षेत्र नम्बर १ मा पर्ने कालीगण्डकी गाउँपालिका–२ अर्बेनीमा आज फेरि मतदान सुरु भएको छ ।

मुख्य निर्वाचन अधिकृत वसन्तराज पौडलका अनुसार भगवती माविको क र ख केन्द्रमा आज बिहान ७ बजेबाट पुनः मतदान सुरु भएको हो ।

प्रतिनिधिसभाको प्रत्यक्षतर्फ मतपत्र दिनुपर्नेमा प्रदेशसभाको प्रत्यक्षतर्फको मतपत्र मतदातालाई बाँडिएपछि विवाद भएको थियो । र, मतदान स्थगित गरिएको थियो ।

भगवती क र ख केन्द्रको मतदान सकिएपछि क्षेत्र नम्बर १ को मतगणना सुरु गरिने भएको छ । गुल्मी १ मा प्रतिनिधि सभा सदस्यका लागि एमालेका प्रदीप ज्ञवाली र कांग्रेसका चन्द्र भण्डारी मुख्य प्रतिस्पर्धी छन् ।
 

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board