नुवाकोट २ मा अजुर्ननरसिंहको अग्रता

नुवाकोट, ६ मंसिर । निर्वाचन क्षेत्र नम्बर २ मा जारी रहेको मतगणनामा सत्तारुढ पाँच दलीय गठबन्धनका साझा उम्मेदवारले अग्रता कायम राखेका छन् ।

प्रतिनिधिसभातर्फ तीन हजार ८६० मत गणना हुँदा नेपाली कांग्रेसका उम्मेदवार अजुर्ननरसिंह केसीले दुई हजार ७६ मतसहित अग्रता बनाएका हुन् ।

यस्तै, नेकपा (एमाले)का उम्मेदवार नारायणप्रसाद खतिवडाले ९५५ मत र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुमनविक्रम पाण्डेले ७०५ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत मदनबहादुर धामीले जानकारी दिए ।

उहाँको अनुसार उक्त क्षेत्रको प्रदेश–१ तर्फ माओवादी केन्द्रका उम्मेदवार रामप्रसाद ढुंगानाले दुई हजार २५६ मत ल्याएर अग्रता कायमै राखेका छन् भने एमालेका उम्मेदवार केशवराज पाण्डेको एक हजार ४३ मत र उम्मेदवारी निष्क्रिय बनाए पनि कांग्रेसका गीता अमात्यलाई ४२९ मत प्राप्त भएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board