कैलाली क्षेत्र १, २, ३ मा नागरिक उन्मुक्ति, क्षेत्र ४ मा एमाले अगाडि

सुदूरपश्चिम, ६ मंसिर । कैलाली जिल्ला प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र १, २ र ३ मा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवारले जारी मतगणनामा अग्रता लिइरहेका छन् ।

मतगणनाको पछिल्लो परिणामअनुसार क्षेत्र नम्बर १ मा नागरिक उन्मुक्ति पार्टीका रञ्जिता श्रेष्ठ चौधरीले चार हजार ५७८ मत पाएका छन् । उनलाई नेपाली कांग्रेसका रामजनम चौधरीले तीन हजारसहित पछ्याइरहेका छन् ।

क्षेत्र नम्बर २ मा नागरिक उन्मुक्ति पार्टीका अरुणकुमार चौधरी एक हजार ४८८ मतसहित अगाडि छन् । उनलाई नेकपा (माओवादी केन्द्र)का भगत बडुवालले ८६६ मतसहित पछ्याइरहेका छन् ।

क्षेत्र ३ मा पनि नागरिक उन्मुक्ति पार्टीको अग्रता कायमै राखेको छ । आज बिहानसम्मको जारी मतगणनामा सो पार्टीका प्रत्यासी गंगाराम चौधरीले १३ हजार आठसय ५८ मत प्राप्त गरेका छन् । उनलाई नेकपा (माओवादी केन्द्र)का कृष्णकुमार चौधरीले ११ हजार १६२ मतसहित पछ्याइरहेका छन् ।

निर्वाचन क्षेत्र नम्बर ४ मा सुरुदेखि अग्रता बनाएका नेपाली कांग्रेसका बीरबहादुर बलायरलाई नेकपा (एमाले)का लेखराज भट्टले झिनो मतले उछिनेका छन् । कांग्रेसका बलायरले तीन हजार ४७३ मत पाउँदा भट्टले तीन हजार ४९४ मत पाएका छन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board