सप्तरी–२ मा सिके राउतले उपेन्द्रलाई दोब्बरले पछि छोडे

सप्तरी ६ मंसिर । सप्तरी क्षेत्र नम्बर २ मा जनमत पार्टीका राष्ट्रिय अध्यक्ष  डा.सिके राउतले अग्रता लिएका छन् ।

डा.राउतले ११ हजार ६६९ मत प्राप्त गरेका छन् भने जसपा अध्यक्ष उपेन्द्र यादव ५ हजार ८४६ मत प्राप्त गरी दोस्रो स्थानमा छन् । वाम–गठबन्धनका जयप्रकाश ठाकुरले २ हजार १६५ मत प्राप्त गरेका छन् ।

सप्तरी–२ क मा जनमत पार्टीका सतिस सिंहले १० हजार ८३२ मत प्राप्त गरी पहिलो स्थानमा छन् । जसपाका शैलेन्द्र प्रसाद साह ५ हजार २८ मत प्राप्त गरी दोस्रो स्थानमा छन् भने  लोकतान्त्रिक समाजवादी पार्टीका सरोज मण्डल ४ हजार १७१ मत प्राप्त गरी तेस्रो स्थानमा छन् ।

सप्तरीकै २ को ख मा जनमत पार्टीका महेश यादव ९ हजार ७६१ मत प्राप्त गरी अग्रता कायम गरिरहेका छन् । वाम–गठबन्धनका उमेश यादवले ५ हजार २७८ मत प्राप्त गरी दोस्रो स्थान बनाउँदा जसपाका लक्ष्मण यादव ४ हजार १७१ मत प्राप्त गरी तेस्रो स्थानमा रहेका छन् ।
 

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board