गुल्मी–२ मा गोकर्ण विष्टको अग्रता कायमै

गुल्मी, ६ मंसिर । गुल्मी क्षेत्र नम्बर २ मा नेकपा (एमाले)का सचिव गोकर्ण विष्टले निरन्तर अग्रता कायमै राखेका छन् ।

मंगलबार बिहान पछिल्लो मत परिणामअनुसार विष्टले ७ हजार ७५६ मत ल्याएर अग्रता लिइरहेका छन् ।

उनलाई सत्ता गठबन्धनबाट उम्मेदवार रहेकी नेकपा (एकीकृत समाजवादी)की रामकुमारी झाँक्रीले ५ हजार ५९१ मतले पछ्याइरहेकी छन् ।

विष्ट झाँक्रीभन्दा २ हजार ३५० मतले अगाडि छन् ।

उक्त क्षेत्रमा १ लाख ४ हजार ३२७ कुल मतदाता रहेकोमा ५८ हजार ७५६ मत खसेको थियो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति