उदयपुर–२ मा एमालेको अग्रता

उदयपुर, ६ मंसिर । उदयपुरको निर्बाचन क्षेत्र २ मा प्रतिनिधिसभा सदस्यमा नेकपा (एमाले)का उम्मेदवार अम्बरबहादुर रायमाझीले अग्रता लिएका छन् ।  

उनले ५ हजार ९४ मत  प्राप्त गरेका छन् । उनका प्रतिद्वन्द्वी सत्ता गठबन्धनका उम्मेदवार नेकपा (एकीकृत समाजवादी)का जगनाथ खतिवडाले ४ हजार ३२१ मतका साथ पछ्याइरहेका छन् । 

त्यसैगरी स्वतन्त्र उम्मेदवार रामकुमार राईले ३ हजार २०२ मत पाएका छन् । अहिले सम्म १४ हजार ६४२ मत गणना भइसकेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । त्यहाँ ४५ हजार २०३ मत खसेको छ ।
 

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board