बाग्लुङ–२ मा गठबन्धनका पौडेल अगाडि

बाग्लुङ, ६ मंसिर । बाग्लुङ क्षेत्र नम्बर २ मा लोकतान्त्रिक वाम गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)का उम्मेदवार देवेन्द्र पौडेलले अग्रता फराकिलो बनाएका छन् ।

प्रतिनिधिसभा सदस्यका लागि भएको निर्वाचनको मतगणनामा पौडेलले एक हजार ९०९ मत प्राप्त गरेका छन् । प्रतिद्वन्द्वी नेकपा (एमाले)की मञ्जु शर्मा चालिसेले एक हजार ३५ मत प्राप्त गरेकी छन् ।

उक्त निर्वाचन क्षेत्रको प्रदेशसभा १ मा कांग्रेस उम्मेदवार जित शेरचन दुई हजार ९९५ मतसहित अग्रस्थानमा छन् भने उनलाई स्वतन्त्र उम्मेदवार प्रकाश घर्तीमगरले दुई हजार ७५९ मतसहित पछ्याइरहेका छन् ।

साथै, प्रदेशसभा २ मा नेपाली कांग्रेसका दोर्णकुमार कुवँर चार हजार २८३ मतसहित अग्रस्थानमा छन् भने एमालेका लक्ष्मण पुन तीन हजार ५६८ मतसहित दोस्रो स्थानमा छन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board