लमजुङमा एमालेका पृथ्वीसुब्बा गुरूङको अग्रता

लमजुङ, ५ मंसिर । लमजुङको प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेकपा (एमाले)का उपमहासचिव पृथ्वीसुब्बा गुरूङले सुरूवाती अग्रता लिएका छन् ।

उनले २ हजार ५०८ मत पाउँदा उनका प्रतिस्पर्धी सत्ता गठबन्धनतर्फबाट नेकपा (माओवादी केन्द्र)का देवप्रसाद गुरुङले २ हजार ८७ मत पाएका छन् ।

लमजुङमा एमाले उपमहासचिव र माओवादी केन्द्रका महासचिवबीच ‘हेविवेट’ भिडन्त भएको थियो ।

लमजुङमा आइतबार भएको निर्वाचनमा कुल १ लाख ३३ हजार ५०० मतादाता रहेकोमा ८० हजार ९१७ मत खसेको थियो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति