मुस्ताङमा एमाले क्लिन स्वीप, तीनै सीट कांग्रेस विजयी

पोखरा, ५ मंसिर । मुस्ताङका तीनै सिट नेपाली कांग्रेसका उम्मेदवारले जितेका छन् । प्रतिनिधिसभा सदस्यमा २९ वर्षका योगेश गौचन विजयी भए ।  उनले एमालेका प्रेमप्रसाद तुलाचनलाई पराजित गरेका हुन् । योगेशले ३ हजार ९ सय ९२ मत पाउँदा प्रतिस्पर्धी प्रेमले ३ हजार ७८ मत मात्रै पाए । 

प्रदेशसभा (क) मा कांग्रेसका नम्डु गुरुङले एमालेका इन्द्रधारा विष्टलाई हराए । ३२ वर्षका नम्डु गत स्थानीय निर्वाचनमा लोमान्थाङ ४ को वडाध्यक्षमा पराजित भएका थिए । नम्डुले १ हजार ४८ मत पाए भने निकटतम प्रतिस्पर्धी विष्टले ७ सय ९३ मत पाए । 

प्रदेश (ख) मा पनि कांग्रेसका विकल शेरचन निर्वाचित भएका छन् । एमालेका चन्द्रमोहन गौचनलाई पराजित गर्दै शेरचन प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् ।

गौचनलाई १५८ मत अन्तरले हराएर शेरचन विजयी भए । शेरचनले २ हजार ७ सय २३ मत ल्याए भने गौचनले २ हजार ५६५ मत पाए । यहाँ ५५ मत बदर भएको छ । मुस्ताङमा एमालेका तीनै उम्मेदवार निवर्तमान सांसद हुन् भने कांग्रेसका तीनै उम्मेदवारले डेब्यु गरेका हुन् । 
 

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board