काठमाडौं–१ मा प्रकाशमानलाई रविन्द्र मिश्रले उछिने

काठमाडौँ, ५ मंसिर । काठमाडौँ–१ मा नेपाली कांग्रेसका प्रकाशमान सिंहलाई राप्रपाका रविन्द्र मिश्रले उछिनेका छन् ।

अपरान्ह ४ः१५ मा सार्वजनिक भएको मतगणना अनुसार मिश्रले २ हजार ४१७ मतसहित सिंहलाई उछिनेका हुन् ।

कांग्रेसका सिंहले २ हजार ३०२ मत ल्याएका छन् भने तेस्रो एमालेका किरण पौडेलले १ हजार ४४० मत प्राप्त गरेका छन् । 

उता रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले १ हजार ३६५ मत प्राप्त गरेका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति