दाङ–२ : शंकर पोखरेल ६ सय मतान्तरले पछाडि, रेखा शर्माको अग्रता

काठमाडौं । एमाले महासचिव शंकर पोखरेललाई ६०४ मतले पछाडि पार्दै दाङ–२ मा माओवादी केन्द्रकी उम्मेदवार रेखा शर्माले अग्रता लिएका छन् ।

माओवादी केन्द्रकी शर्माले १ हजार ४५० मत प्राप्त गर्दा एमाले महासचिव पोखरेललाई ८ सय ४६ मत प्राप्त भएको छ।

बगलाचुली गाउँपालिकाको तीन वटा बुथ, घोराही नगरपालिका–१९ को एउटा र सोही नगरपालिकाको वडा नं १५ को एउटा बुथको मतगणना भएको हो।

मतगणना भइरहेका बुथमा स्थानीय तह निर्वाचनमा माओवादी केन्द्र बलियो थियो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति