हुम्लामा २५ केन्द्रका मतपेटिका सदरमुकाम ल्याइयो

सुर्खेत, ५ मंसिर । हुम्लाको नाम्खा गाउँपालिका–६ को तीन वटा मतदान केन्द्रको मतपेटिका हेलिकोप्टरबाट सदरमुकाम ल्याइएको छ भने ३४ मतदान केन्द्रका मतपेटीका अझै सदरमुकाम आइपुगेका छैनन् । 

लिमीको तिल गाउँस्थित हिमशिखर आधारभुत  विद्यालय मतदान केन्द्र हल्जी गाउँको सुनखानी आधारभुत विद्यालय मतदान केन्द्र र जाङ गाउँको भृकुटी आधारभुत विद्यालय मतदान केन्द्रका मतपेटिका नेपाली सेनाको हेलिकोप्टरबाट सदरमुकाम ल्याइएको हो ।

जिल्लाका ५९ वटा मतदान केन्द्रमध्ये २५ मतदान केन्द्रबाट मतपेटिका सदरमुकाम सिमकोट ल्याइएको जिल्ला निर्वाचन कार्यालय हुम्लाका निमित्त निर्वाचन अधिकारी श्यामबहादुर रानाले जानकारी दिए ।

हुम्लाको प्रदेश (क) मा रहेका ३४ वटा मतदान केन्द्रका मतपेटिका अझै सदरमुकाम नआएको निमित्त निर्वाचन अधिकारी रानाले जानकारी दिए । प्रमुख जिल्ला अधिकारी सीता परियारले सर्वदलीय बैठक बसेर सम्भवत मतपेटीका पैदलै ल्याउने निर्णय हुन सक्ने बताइन् । आजै हिँडेपछि भोलि बेलुकासम्म सिमकोट आइपुग्ने प्रजिअ परियारको भनाइ छ  ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board