चितवन– १ को मतगणना सुरु

चितवन, ५ मंसिर । चितवन क्षेत्र नम्बर १ को मतगणना सुरु भएको छ । तीन निर्वाचन क्षेत्र रहेको यस जिल्लामा क्षेत्र नम्बर १ को मतगणना सुरु गरिएको हो । पूर्वी चितवनको खैरहनी माध्यमिक विद्यालयमा गणना गर्न थालिएको र योसँगै चार स्थानमा मतगणना गरिने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

बिहान ११ बजे मतगणना सुरु गर्ने भनिए पनि केही ढिला गणना सुरु भएको हो । यस क्षेत्रमा ६८.७३ प्रतिशत मत खसेको छ । उक्त क्षेत्रमा एक लाख ३९ हजार आठ सय ४५ मतदाता छन् । मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाका अनुसार चितवन क्षेत्र नम्बर २ मा दिउँसो १ बजेदेखि मतगणना गरिने छ । यस क्षेत्रमा ६७.०३ प्रतिशत मत खसेको छ । त्यहाँ एक लाख २४ हजार दुई १४ मतदाता छन् ।

क्षेत्र नम्बर ३ मा २ः१५ बजेदेखि मतगणना सुरु हुने भएको छ । उक्त क्षेत्रमा ६५.४१ प्रतिशत मात्रै मत खसेको यहाँका निर्वाचन अधिकृत हरिसिं धामीले जानकारी दिनुभयो । उक्त क्षेत्रमा एक लाख ४४ हजार दुई सय ८३ मतदाता छन् ।

जिल्लाभर चार लाख आठ हजार तीन सय ४२ मतदाता छन् । उनीहरुमध्ये महिला दुई लाख नौ हजार तीन सय नौ र पुरुष एक लाख ९९ हजार ३२ छन् । एक सय ६१ मतदानस्थलका चार सय ६० मतदान केन्द्रबाट उनीहरुले मतदान गरेका हुन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board