झापा–२ मा एमाले उम्मेदवार घिमिरेलाई दोब्बर अग्रता

काठमाडौँ, ५ मंसिर । झापा–२ मा नेकपा (एमाले) उम्मेदवार देवराज घिमिरेले करिब दोब्बर मतको अग्रता बनाएका छन् ।

३ हजार ८७७ मतगणना गरिसक्दा झापा–२ मा एमाले उम्मेदवार घिमिरेले १ हजार ४३२ मत ल्याएका छन् ।

उनलाई नेकपा (माओवादी केन्द्र)का हरि राना र स्वतन्त्र उम्मेदवार भद्रप्रसाद नेपालले पछ्याइरहेका छन् ।

उनीहरूबीच अहिले दोस्रो स्थानका लागि टक्कर चलिरहेको छ । यहाँ रानाले ८३९ मत ल्याउँदा स्वतन्त्र उम्मेदवार नेपालले ८०३ मत ल्यउन सफल भएका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति