अछाम–१ को मतगणना दिउँसो ३ बजेपछि

काठमाडौँ, ५ मंसिर । अछाम–१ को मतगणना दिउँसो ३ बजेपछि मात्र हुने भएको छ । भर्खरै सकिएको सर्वदलीय बैठकबाट दिउँसो ३ बजेपछि मात्र मतगणना सुरु गर्ने सहमति भएको स्थानीय विनोद धामीले जानकारी दिए ।

क्षेत्र नम्बर २ को मतगणनाबारे आधिकारिक जानकारी बाहिर नआएको पनि उनले बताए । अछामका सबै मतदान केन्द्रबाट मतपेटिका संकलन गरी जिल्ला सदरमुकाम मंगलसेन पुर्‍याइएको छ । अछाममा दुईवटा निर्वाचन क्षेत्र छन् ।

अछाम–१ बाट एकीकृत समाजवादीका नेता एवं श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवर र नेकपा (एमाले)बाट झपट बोहराबीच तीव्र प्रतिस्पर्धा छ । यस्तै, क्षेत्र नम्बर २ बाट एमाले नेता यज्ञ बोगटी र नेपाली कांग्रेसका पुष्पबहादुर शाहबीच चर्को प्रतिस्पर्धा हुने ठानिएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board