धनकुटाको मतगणना दिउँसो १ बजेदेखि सुरु हुने

धनकुटा, ५ मंसिर । एक मात्र निर्वाचन क्षेत्र रहेको धनकुटामा दिउँसो १ बजेदेखि मतगणना सुरु हुने भएको छ । 

मतगणनास्थलमा तारजाली लगाउने काम भइरहेकाले मतगणना दिउँसोदेखि सुरु हुने भएको हो । सोमबार बिहान बसेको सर्वदलीय बैठकले तारजाली लगाएपछि मात्र मतगणना सुरु हुने जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी सुरज श्रेष्ठले जानकारी दिए ।

मतपेटिका सबै मतदान केन्द्रबाट आइसकेको उनको भनाइ छ । धनकुटामा एमालेबाट राजेन्द्रकुमार राई र नेपाली कांग्रेसबाट सुनिलबहादुर थापा प्रतिनिधिसभा सदस्यका उम्मेदवार छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति