काठमाडौँ–७ मा स्वतन्त्र पार्टीको अग्रता कायमै, मानुषी तेस्रो

काठमाडौँ, ५ मंसिर । काठमाडौँ–७ मा एक हजार ५४३ मतगणना गरिएको छ । अहिलेसम्म राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुलीको अग्रता कायम छ ।

स्वतन्त्र पार्टीका पराजुलीले ३७५ मत पाएका छन् । नेकपा (एमाले)का श्यामकुमार घिमिरेले ३०६ मत ल्याएका छन् ।

नेकपा (माओवादी केन्द्र)को चुनाव चिन्ह लिएर प्रतिस्पर्धामा रहेकी नेपाल समाजवादी पार्टीकी उम्मेदवार मानुषी यमी भट्टराईले २९३ मत पाएकी छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति