रुपन्देही–४ को मतगणना सुरु

बुटवल, ५ मंसिर । रुपन्देही क्षेत्र नम्बर ४ को मतगणना सुरु भएको छ ।  निर्वाचन अधिकृतको कार्यालय कोटहीमाइ गाउँपालिकाको भवनमा मतगणना सुरु भएको हो ।

सवर्दलीय बैठकको निर्णयअनुसार बिहान साढे नौ बजेदेखि मतगणना सुरु गरिएको निर्वाचन अधिकृतको कार्यालय प्रमुख देवेन्द्रराज आचार्यले जानकारी दिए । 

यस क्षेत्रमा प्रतिनिधिसभामा सत्ता गठबन्धनका प्रमोद यादव र लोकतान्त्रिक सवाजवादी पार्टीका वरिष्ठ नेता सर्वेन्द्रनाथ शुक्लाबीच मुख्य प्रतिस्पर्धा छ । यस क्षेत्रमा ७७ हजार ६४ मत खसेको थियो ।  यहाँ कुल मतदाता १ लाख १० हजार ६६९ रहेका थिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति