ललितपुरका ३ वटै निर्वाचन क्षेत्रमा एमालेको सुरुवाती अग्रता

ललितपुर, ५ मंसिर । ललितपुरका तीनवटै क्षेत्रमा नेकपा (एमाले)ले अग्रता लिएको छ । 

ललितपुर–१ मा एमालेका नवराज सिलवालले सुरुवाती अग्रता लिएका छन्  । नेपाली कांग्रेसका उदय शमशेर राणाले सिलवाललाई पछ्याइरहेका छन् ।

सिलवालले ६६५ मत पाउँदा कांग्रेसका राणाले ४०१ मत पाएका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका सचिन घिमिरे ९३ मतसहित तेस्रो स्थानमा रहेका छन् ।

उता, ललितपुर–२ मा एमालेका प्रेमबहादुर महर्जनले १३१७ मत प्राप्त गरेका छन् भने लौरो चिन्हले ८९७ र  कलमले ७७७ मत प्राप्त गरेका छन् ।

त्यस्तै,  लतिलपुर–३  मा अमृत खडकाले  ४९७ र राष्ट्रिय स्वतन्त्र पार्टीकी डा‌‌. तोसिमा कार्कीले २८६ मत प्राप्त गरेका छन् । यसअघि जितेकी माओवादी केन्द्रकी पम्फा भुषालले १०३ मत मात्रै प्राप्त गरेकी छिन् । 
 

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति