गुल्मी–२ मा मतगणनाको लागि बैठक बस्दै

बुटवल, ५ मंसिर । गुल्मी क्षेत्र नम्बर २ मा पनि मतगणनाको तयारी थालिएको छ । मतगणनाका लागि अहिले ११ बजे सर्वदलीय बैठक बोलाइएको छ ।

सबै क्षेत्रबाट मतपेटिका संकलन भैसकेकाले ११ बजेसम्म सर्वदलीय बैठक बस्ने भएको हो । निर्वाचन अधिकृत शिवबहादुर थापाले ११ बजे सर्वदलीय बैठकबसी मतगणना सुरु हुने बताएका छन् ।  

गुल्मी क्षेत्र नम्बर २ मा नेकपा एमालेबाट गोकर्ण विष्ट र गठबन्धनबाट एकिकृत समाजवादीकी राम कुमारी झांक्रीबीच प्रतिस्पर्धा हुँदै छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति